मधेस प्रदेश : अटोको ठक्करबाट युवकको मृत्यु भएपछि सडकमा टायर बालेर प्रदर्शन
मिति: २०२४-१२-०५ , समय : १४:५८:१५ , गामघर डेस्क
मिति: २०२४-१२-०५ , समय : १४:५८:१५ , गामघर डेस्क
गामघर डेस्क
सिरहा ।
मधेस प्रदेशको सिराहामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन्। चोहर्वा- सिराहा सडक खण्डमा पर्ने भलुवाही चाेकमा बुधबार साँझ अटोले ठक्कर दिँदा सिराहा नगरपालिका-११ भलुवाहीका १८ वर्षीय नीरज कामतको मृत्यु भएको थियो। घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। स.१ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा कामतले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयको प्रदर्शनको कारण सिराहा-चोहर्वा सडक खण्डमा बिहीबार बिहानैदेखि गाडी चल्न सकेका छैनन्। स्थानीयले अटो चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्र पासवानले अटो चालकलाई पक्राउ गरिएको जानकारी दिए।
प्रकाशित मिति: २०२४-१२-०५ , समय : १४:५८:१५ , १ हप्ता अगाडि