अपाङ्गता भएका ब्यक्तिलाई पनि सपाङ्ग जस्तै व्यवहार गर्नुपर्नेमा जाेड

मिति: २०२४-१२-०३ , समय : २१:४०:१४ , श्रीकान्त यादब

तस्बिर : श्रीकान्त यादव / गामघर टिभि

श्रीकान्त यादब

राजविराज । ३३ अाे अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा सप्तरीको डाक्नेश्वरि नगरपालिकामा विभिन्न कार्यक्रम गरि मङ्गलबार मनाइएको छ । डाक्नेश्वरि नगरपालिकाकाे सहयोगमा अपांग कल्याण समाज सप्तरीको आयाेजनामा नगरपालिकाकाे सभाहलमा आयाेजित कार्यक्रममा झण्डै एक सय जना भन्दा बढि अपांग भएका ब्यक्तिहरुलाइ सम्मान गरेको छ । समाजका अध्यक्ष धनेश्वर यादवकाे अध्यक्ष्ातामा तथा सान्सद दिनेश यादवकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रममा सहभागी बक्ताहरुले अपाङ्गता भएका ब्यक्तिलाई पनि सपाङ्ग जस्तै व्यवहार गर्नुपर्नेमा जाेड दिनु भएको छ । कार्यक्रममा सहभागीहरुले अपांग भएकाहरुलाइ आरक्षणकाे व्यवस्था हुनुपर्ने , निशुल्क अाेषधिकाे सेवा सुबिधाका साथै स्वास्थ्य बिमामा सुधार हुनुपर्नेमा जाेड दिनुभएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि , अध्यक्ष लगायतकाहरुले सयौं अपांग भएका ब्यक्तिहरुलाइ दाे सल्लाह अाेढाएर सम्मान गरेको अायाेजकले जनाएको छ ।
यसअघि सयौंको सङ्ख्यामा ३३ अाे अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा दिगाे विकासकाे लक्ष्य प्राप्ति र सबलिकरणकाे प्रतिबद्धता भन्ने मुल नाराका साथ बृहत् जुलुस नगरपालिकाकाे विभिन्न वडामा निकालिएको थियाे ।

प्रकाशित मिति: २०२४-१२-०३ , समय : २१:४०:१४ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित