मधेस प्रदेश : गढीमाई मेलाको अवसरमा १६ वटै पालिकामा सार्वजनिक बिदा दिइने

मिति: २०२४-१२-०२ , समय : १७:५९:०० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मंसिर १ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिइने भएको छ । बारा जिल्लाको १६ वटै पालिका संग भएको निर्णय अनुसार १६ वटै पालिकामा सार्वजनिक बिदा दिइनेछ भएको हो ।

प्रत्येक पाँच पाँच बर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा लाग्दै आएको छ । प्रत्येक पाँच वर्षमा मेला लाग्ने भएकोले मेलालाई अवलोकन गर्नको लागि बारा जिल्लाका १६ वटै पालिकाहरुले स्थानिय चाड बिदा अन्तर्गत पालिकाहरुमा बिदा गरिने सहमति भए अनुसार कार्वनयन हुने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

सहमति अनुरुप विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारे जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानिय बिदा अन्तर्गत उपमहानगर मातहतका कार्यालय, शैक्षिक संस्था, संघ संस्थाहरु तथा बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द रहने जीतपुरसिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

गत मंसिर ०२ गते बसेको बैठकको निर्णय अनुसार बाराका सबै पालिकाहरुले गढीमाई मेलालाई सफल तथा ब्यवस्थित रुपमा संचालन ब्यवस्थापन गर्नुको साथै गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक बिकास प्रवर्द्धनगर्न सबै पालिकाले समेत तिथालुका निम्ति बस्ने, खाने र स्वास्थ शिबिर संचालन समेत गरेका छन ।

मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ । आउने शनिवार देखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्ने अनुमान गरिएको छ ।

बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । यसअघि महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गते सम्म बिदा दिने निर्णय समेत गरेको थियो । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२४-१२-०२ , समय : १७:५९:०० , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित