अात्मा शान्ति र राष्ट्र शान्तिकाे लागि साइकल यात्रि राम भक्त सप्तरीमा
मिति: २०२३-०३-१७ , समय : ११:१३:५२ , शुभ नारायण यादब
मिति: २०२३-०३-१७ , समय : ११:१३:५२ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । अात्मा शान्ति र राष्ट्र शान्तिकाे नाराका साथ झन्डै १५ महिना अघि नेपाल यात्रामा निस्केका राम भक्त काेडिण्य प्याकुरेल चेनपुर सप्तरीका पालिकाहरुमा अाइपुगेका छन । सखुवासभाकाे चेनपुर नगरपालिका वडा न.५ निवासी ६९ बर्षिय प्याकुरेल झन्डै १५ महिना अघि अर्थात २०७८ साल मङ्सिर ९ गते माेरङ्गकाे रतुवामाइ नगरपालिकाबाट अाफनाे नेपाल यात्राको शुरुवात गर्नुभएको थियाे । साेहि क्रममा मधेश प्रदेशकाे अन्य सात वटा जिल्ला घुमि सप्तरी जिल्लाकाे पालिकाहरु समेत पुग्ने गरेका हुन । साेहि क्रममा साइकल यात्रि प्याकुरेल सप्तरीको राजगढ गाउपालिकामा पुग्नु भएको थियाे । साेहि क्रममा सन्चारकर्मिहरुसग कुराकानी गर्दै उहाले अहिले सम्ममा ७५३ वटा पालिका मध्ये २५४ वटा पालिकाहरुमा अाफु पुगिसकेको बताउनुभयो । उहाले बाकि रहेका पालिकाहरुकाे यात्रा गर्न अझै ३० महिना लाग्ने बताउनुभयो । नेपाल यात्राके क्रममा उहाले अहिलेसम्ममा चार वटा साइकल समेत चेन्ज गरेका छन पछिल्लोपटक उहाले GREEN CITY साइकलबाट नेपाल यात्रा गर्दै अाउनु भएको छ । एक पटक चार्ज गरेपछि झण्डै ५० किलाे मिटर सम्म चल्ने साे साइकलबाट अाफुले पछिल्लोपटक यात्रा गर्दै अाउनु भएको बताउदै उहाले बिच बाटाेमा चार्ज सकेपछि पाइडिल हालेर पनि गन्तव्य सम्म पुग्ने गरेकाे बताउनुहुन्छ । खासगरी पछिल्लोपटक स्थानीय तहहरुमा बढदे गरेको भ्रष्टाचार अन्त्यका साथै अात्मा र राष्ट्रकाे शान्तिकाे लागि मात्रै अाफनाे नेपाल यात्रा रहेकाे बताउनुभयो । अहिले सम्ममा उहाले १ नम्बर काेशि प्रदेशकाे १४ जिल्ला तथा २ नम्बर मधेश प्रदेशकाे सबै जिल्ला र ३ नम्बर प्रदेशकाे ८ वटा जिल्ला गरि कुल २ सय ५४ वटा पालिकाहरुमा यात्रा गरिसकेको बताउदै उहाले सबै पालिकाहरुबाट अाफुले सहयोग समेत पाइरहेको बताउनुभयो । साइकल यात्रि प्याकुरेलले यात्राके क्रममा अाफुले खासगरी मधेस प्रदेशका सर्लाही ,महाेतरि लगायतका जिल्लाहरुमा शिक्षामा धेरै पछाडि परिएकाे बताउदै उहाले शिक्षामा जाेड दिनुपर्ने समेत बताउनुभयाे ।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : ११:१३:५२ , २ वर्ष अगाडि