मधेस प्रदेश : महिलाहरुलाई पेटमा बच्चा दिने भनेर लाखौँ ठग्ने दुःखि बाबा पक्राउ

मिति: २०२४-११-२८ , समय : ०७:३१:०८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहामा बच्चा नहुने महिलाहरुलाई पेटमा बच्चा दिने भनेर लाखौँ ठग्ने धामी (बाबा) पक्राउ परेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित बस्ने दुःखि ठाकुर धामी झाँक्रीलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाहरुलाई पेटमा बच्चा हुने भनेर औषधी दिने गरेको र औषधी खाएपछि बच्चा नभएपछि महिलाहरुले उजुरी गरेको थियो ।

मधेस प्रदेशको धनुषा, सिरहा, सप्तरी आदि जिल्लाका महिलाहरुलाई दुखी ठाकुरले बच्चा नहुने महिलाहरुलाई आफूले दिएको औषधी खाएपछि बच्चा हुने भनेर मन्त्र फुक्ने वापत ३५ हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेका थिए ।

कुनै कुनै महिलालाई पेटमा बच्चा हुने औषधीको नाममा सोहजन (शितलचीनी) को लस्सा खुवाउने गरेको एक महिलाले बताइन् । उनले त्यस वापत एक लाख रुपैयाँ दिएको बताइन्छ । पेटमा बच्चा हुनको लागि औषधीले सहयोग गर्ने भनेर झाँसा दिएर महिलाहरुलाई बेवकुफ बनाउँदै आएका ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

लाखौं रुपैयाँ ठगेको धामी ठाकुरलाई लहान प्रहरीले पक्राउ गरि आज म्याद थप गरेको छ । बाँझोपन भएको महिलाहरु मिलि लहान प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका अधारमा धामीलाई ठगी मुद्दा लगाउँदै पक्राउ गरेको हो ।

सोहजनको लस्सा खुवाएपछि कैयाँै महिलाहरु विरामी पर्न थालेपछि उनीविरुद्ध उजुरी गरिएको बताइएको छ ।

तराई मधेशको विभिन्न जिल्लामा खास गरी गाउँमा धामी झाँक्रीको नाममा पेटमा बच्चा दिने भनेर लाखौ रकम ठग्ने गरेको छ । कुनै विरामी हुँदा डाक्टरभन्दा पहिले धामी कहाँ जाने परम्परा अझै कायम रहेको छ । यसलाई प्रशासनले भने नियमन गर्न सकेको छैनन् । न्यूज ब्यूरोबाट

प्रकाशित मिति: २०२४-११-२८ , समय : ०७:३१:०८ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित