गुगल म्यापको कारण अधुरो पुलबाट कार खस्दा तीनजनाको घटनास्थलमै मृत्यु
मिति: २०२४-११-२५ , समय : ०९:००:५२ , गामघर डेस्क
मिति: २०२४-११-२५ , समय : ०९:००:५२ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
भारतको उत्तर प्रदेशमा शनिबार राति एक दर्दनाक घटना भएको छ। बरेली र बदायुंको सीमा क्षेत्रस्थित रामगंगा नदीमा अधुरो पुलबाट कार खस्दा तीनजनाको ज्यान गएको हो।
फरिदपुर-बदायुंको दातागञ्ज जोड्ने अधुरो निर्माणाधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कारमा सवार यात्रुहरू गुगल म्यापको सहयोगमा गन्तव्यतर्फ जाँदै थिए। तर, उनीहरूलाई पुल अधुरो रहेको जानकारी थिएन। तीव्र गतिमा रहेको कार पुलको अन्त्यमा पुग्दा चालकले नियन्त्रण गर्न नसक्दा २५ फिट तल नदीमा खसेको थियो।
घटनास्थलमै चालकसहित तीनजनाको मृत्यु भएको एबीपी न्यूजले जनाएको छ। दुर्घटनाको कारण कारको तीव्र गति र पुलको अधुरो अवस्थालाई मानिएको छ। एजेन्सी
प्रकाशित मिति: २०२४-११-२५ , समय : ०९:००:५२ , ३ हप्ता अगाडि