पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको मृत्युु ,४७ जना घाइते

मिति: २०२४-११-२४ , समय : ०७:१८:०६ , गामघर डेस्क

तस्वीर : एपी

गामघर डेस्क

पाकिस्तान ।
पाकिस्तानमा धार्मिक हिंसा भडकिँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । यस्तै ४७ जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका मानिसको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

हिजो राति आक्रोशित शिया समुदायका व्यक्तिहरूको समूहले सुन्नीको बाहुल्यता रहेको बागान बजारमा आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूले बजारका सबै घर र गाउँका घरहरूमा समेत पेट्रोल छर्किएर आगो लगाएका एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । तीन सय वटाभन्दा धेरै पसल र एक सय वटाभन्दा धेरै घर जलेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

अस्ति मात्रै एउटा बसमा भएको आक्रमणमा ४३ जनाको ज्यान गएको थियो । अफगानिस्तानको सिमानामा रहेको पहाडी खैबर पख्तुनख्वा प्रान्तमा सुन्नी र शिया मुसलमानबीच भएका झडपमा पछिल्लो एक महिनामै एक सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।

विभिन्न शहर र गाउँ–गाउँमा धार्मिक हिंसा भड्किएकाले अवस्था नाजुक रहेको स्थानीय प्रशासनले जनाएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाएर र स्थानीय बूढापाकालाई वार्ताको अग्रसरता लिन लगाएर हिंसा कम गर्ने प्रयास भइरहेको छ । एजेन्सी

प्रकाशित मिति: २०२४-११-२४ , समय : ०७:१८:०६ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित