भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको मृत्युु
मिति: २०२४-११-२० , समय : १३:५०:१९ , गामघर डेस्क
मिति: २०२४-११-२० , समय : १३:५०:१९ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताउनुभएको छ । उहाँले पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताउनुभएको खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको छ । एजेन्सी
प्रकाशित मिति: २०२४-११-२० , समय : १३:५०:१९ , ४ हप्ता अगाडि