गाँजा तस्करीको हव बन्दै सप्तरी : टिपर र चालक सहित १७ क्विन्टल गाँजा बरामद

मिति: २०२४-११-१९ , समय : १४:३२:५४ , श्रीकान्त यादब

तस्बिर : गामघर टिभिबाट

श्रीकान्त यादब

राजविराज । सप्तरी प्रहरीले सोमबार राति १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । बालुवा र गिटी लोड भएको ट्रकबाट १७ क्विन्टल गाँजा नियन्त्रणमा लिइएको हो । सप्तरीको राजगढ गाउँपालिका-४ बाट प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएको हो । यो क्षेत्रमा बालुवा गिटी भण्डारण गरी राख्ने र भारततर्फ चोरी तस्करी हुने गरेको छ ।
ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा गोप्य सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला परेको हो । पहाडी जिल्लाबाट लागूऔषध गाँजा सप्तरी ल्याएर भण्डारण गर्ने र यहावाट कोसी नदी हुदै डुंगामा वा वालुवा गिटीमा लुकाएर भारत तर्फ तस्करी हुने गरेको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुरले १७ क्विन्टल १७ किलो लागु औषध गाँजा टिपर र टिपर चालक सहित पक्राउ गरेकाे छ ।

जिल्ला सप्तरी राजगढ गाउँपालिका वडा नम्बर ४ बेल्ही चपेना शनि मन्दिर स्थित भित्रि सडक खण्ड पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेकाे को१ ख ६५०३ नम्बरको टिपर गाडिलाई चेकजाँच गर्ने क्रममा ढुङगा र बलुवाले छोपी लुकाई ल्याएको लागु औषध गाँजा ५६ बोरा साेमबार फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीकम अनुसार राति पाैने १० बजेको समयमा इप्रका कल्याणपुर सप्तरीबाट प्रहरी निरिक्षक डम्बर विश्वकर्माको कमाण्डमा खटिएका प्रहरी टोलिले बिशेष सुचनाका अधारमा गाडी चेक जाँच गर्दा उक्त सामान फेला परेकाे हाे । नियन्त्रणमा लिएका जिल्ला धनकुटा शहिदभुमि गाँउपालिका वडा नम्बर ३ बस्ने टिपर गाडी चालक बर्ष ३३ को यमजित राई, र गाँजा सहितलाई आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको व्यहोरा बिज्ञप्तीमा खुलाइएकाे छ ।

सप्तरीबाट गाँजाको तस्करी अत्यधिक रूपमा हुँदै आए पनि १७ क्विन्टल परिमाणमा गाँजा पक्राउ गरिएको यो पहिलो पटक हो

प्रकाशित मिति: २०२४-११-१९ , समय : १४:३२:५४ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित