क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता : १२ खेलमा ११ खेल जित्दै साेझै विश्व कप क्रिकेटको छनाेटमा
यूएईसँगको खेलमा गुल्सन झाकाे पनि अर्धशतक
मिति: २०२३-०३-१७ , समय : ०१:४९:२० , गामघर डेस्क
मिति: २०२३-०३-१७ , समय : ०१:४९:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो ।
जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ । आजको जितसँगै लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको छ । नेपालको जितले नामिबियाले भने सिधै क्वालिफायर खेल्ने पाउने छैन । आजको खेलमा नेपालमा ४ जना खेलाडीले अर्धशतक बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाए । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए । नेपालले लिग टू का पछिल्ला शृङ्खलामा निकै सनसनीपूर्ण नतिजा निकालेको छ । पछिल्ला १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी भएको छ । जम्मा एउटा खेलमा पराजित भएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् ।
एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
यता विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत यूएईसँगको खेलमा गुल्सन झाले पनि अर्धशतक बनाएका छन् ।
उनले ४७ बलमा ५० रन पूरा गरेका हुन् । यसअघि आरिफ शेख, कुशल भुर्तेल र भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।
यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ । सार्कीले ६० बलमा ५० रन हानेका थिए भने कुशल भुर्तेल ५० रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार पार्दासम्म नेपालले ४४ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएर २६९ रन बनाएको छ।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : ०१:४९:२० , २ वर्ष अगाडि