भुत मेलाको प्रभाव : कमला नदीमा एक युवक मृत फेला , अर्का युवक अझै वेपत्ता

मिति: २०२४-११-१५ , समय : १७:१८:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको कमला नदीमा नुहाउने क्रममा हराईरहेका एक किशोरको शव करिव तीन घण्टा पछि फेला परेको छ। अर्का अझै बेपत्ता छन्। सिरहा कर्जन्हा नगरपालिका १ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबि बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका ५ का बिन्देश्वर मण्डलको छोरा १६ वर्षिय रोशन मण्डल नदीमा तैरीरहेको अवस्थामा फेला परेको हो। 

उनीसँगै हराईरहेका रामनाथ साहको छोरा १५ वर्षिय लक्ष्मण कुमार साहभने अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 


कात्तिके पूर्णिमा नुहाउन गएका उनीहरु नुहाउने क्रममा पानीमा डुवेका थिए। प्रत्यक्ष दर्शिले प्रहरीलाई खवर गर्नासाथ इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चैया बाट खटीएको प्रहरी टोलिले खोज तलास गर्ने क्रममा नदीमा तैरिरहेको अवस्थामा फेला पारेको हो। 

प्रहरी र स्थानियहरुको सहयोगमा शव बाहिर निकाली घटनास्थल सुरक्षित राखि कानुनि प्रकृया तथा थप अनुसन्धान कार्यभईरहेको छ। यता बेपत्ता साहको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।   यता मधेस प्रदेशको धनुषा र सिराहा जिल्लाको सीमा भएर बग्ने कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा मेला लागेको छ । यसलाई कार्तिक पूर्णितमा र भूत मेला पनि भन्ने गरिन्छ ।

प्रत्येक वर्ष लाग्ने यस मेलामा एकाबिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । हिजो साँझदेखि धामी झाँक्रीसहित विभिन्न गाउँका मानिसहरू सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उत्तरवाहिनी, इनर्वालगायतका घाटमा भेला भएका छन ्।

धामी झाँक्रीहरूले आजको दिनलाई विशेष मान्छन्। उनीहरूका अनुसार कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा स्नान गरेपछि भूत–प्रेत र घरको कुल देवताको प्रभावबाट छुटकारा पाइन्छ । यो दिन भूत, बैताल, देवी–देवता पुज्ने र तिनबाट मुक्ति पाउने परम्परा सदियौँदेखि चल्दै आएको छ।

यस मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ। नयाँ धामी झाँक्री बन्ने, तन्त्र–मन्त्रमा सिद्ध पाउने, र विभिन्न तान्त्रिक विधिहरूको अभ्यास गर्ने मान्यता यस मेलासँग जोडिएको छ।

स्नानपछि भक्तजनहरू कमला नदीको शुद्ध पानी घर लैजान्छन्। उक्त पानी जमिनमा छर्केर पूजा तथा घर शुद्ध गर्न प्रयोग गरिन्छ ।
मेलामा स्थानीय क्षेत्रका मात्रै नभई भारतबाट पनि श्रद्धालुहरू ट्याक्टर, बस, जीपजस्ता सवारीसाधनमा आएका छन्। कमला नदीमा स्नान गरेर दुःख, कलेश र पापबाट मुक्ति पाइने विश्वासले लाखौँको संख्यामा भक्तजनहरू भेला भएका छन्।

प्रकाशित मिति: २०२४-११-१५ , समय : १७:१८:४२ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित