सप्तरीकाे हनुमाननगर कंकालिनि नगरपालिकामा लगाईएकाे ताला खोलियो : प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विवाद समाधान

मिति: २०२४-११-१२ , समय : २०:०७:४४ , गामघर डेस्क

तस्बिर : बिष्णु यादव / राजविराज

गामघर डेस्क

राजविराज । सप्तरीकाे हनुमाननगर कंकालिनि नगरपालिकामा लगाईएकाे ताला आज सहमति भएर खाेलिएकाे छ। सप्तरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विवाद समाधान भएको हाे । प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा भएको महत्वपूर्ण बैठकले बिगत लामो समयदेखि राहत वितरण, परिषद नवसेकाे र कर्मचारीहरूले तलव नपाएकाे विषयलाई लिएर वार्ड कार्यालय र नगरपालिकामा गरिएको तालाबन्दी खाेलेर समस्या समाधान गरेको छ। यस बैठकमा सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरू, नगर प्रमुख बिरेन्द्र माझी , वडा अध्यक्षहरू तथा नगरपालिकामा ताला लगाउनेहरुको सहभागिता रहेको थियो।
उक्त बैठकमा ताला लगाउनेहरु पालिकाका स्थानियहरू ,वार्ड अध्यक्षहरूले तालाबन्दी खाेल्न र परिषद् वस्न सहमति जनाएका छन्। यो सहमतिले सप्तरीको स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीचको विवादलाई तत्काल सामाधान गर्दै नगरको परिषद् सञ्चालनमा रहेको बाधा हटाएको छ। यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको मध्यस्थतामा वडा अध्यक्षहरू र नगर प्रमुख माझीबीच संवाद गरी बिवादलाई समाधान गरिएको छ ।

साे बैठकमा उपस्थित सबै पक्षले सहकार्य र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै भविष्यमाअफ्ठेरो परिस्थितिको सहकार्यद्वारा समाधान खोज्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२४-११-१२ , समय : २०:०७:४४ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित