विद्यापति स्मृति पर्वको अवसरमा सप्तरीमा २१ जनाद्वारा रक्तदान

मिति: २०२४-११-१२ , समय : १९:३०:५८ , श्रीकान्त यादब

तस्बिर : सामाजिक सन्जालबाट

श्रीकान्त यादब

राजविराज ।
मैथिली साहित्य परिषदले विद्यापति स्मृति पर्वको अवसरमा २१ जनाद्वारा रक्तदान गरेका छन ।
सप्तरीको राजविराज स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रममा नेपाल सरकारका पुर्वमन्त्री उमेश यादवसहित २१ जनाले रक्तदान गरेको परिषदका अध्यक्ष अवधेशकुमार झाले सञ्चारकर्मीलाई बताउनु भयो । रक्तदान गर्नेमा परिषद अध्यक्ष झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा,मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, सचिव सुनिल चन्दन, परिषदका सचिव संजीव नारायण यादव, उपसचिव ललिता झा, सदस्यहरू राजिव कुमार झा र रवि रायले रक्तदान गरेको छ ।
त्यस्तै स्थानीय विष्णु यादव, देवेन्द्र यादव, शिवानी सुमन,संजीवकुमार यादव, पवनकुमार यादव,लाल देव चौधरी,राहुल चौधरी, पंकज सरकार, रुपेश झा, समीर मिश्र, पुज्य विसी र जितेन्द्र कुमार झाले रक्तदान गरेका छन्।
मैथिली साहित्य परिषद राजविराज विं सं २०२६ सालमा स्थापना भइ मैथिली भाषा, साहित्य क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: २०२४-११-१२ , समय : १९:३०:५८ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित