मधेस प्रदेश : झण्डै ८६ लाखको सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा
मिति: २०२४-११-१२ , समय : ०८:३८:२४ , गामघर डेस्क
मिति: २०२४-११-१२ , समय : ०८:३८:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै पौने ८६ लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेकोले ट्रकलाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकमा बिल विजक भन्दा बढीको ८५ लाख ७० हजार २ सय ४० रुपैया बराबरको औषधीहरु लोड रहेको पाईएपछि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-११-१२ , समय : ०८:३८:२४ , १ महिना अगाडि