तलब भत्ताको माँग गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी
मिति: २०२४-११-१० , समय : २०:३०:१५ , गामघर डेस्क
मिति: २०२४-११-१० , समय : २०:३०:१५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक र कर्मचारीले तलब भत्ताको माँग गर्दै कार्यालयको मुल गेटमा आईतबार अनिश्चितकालीन तालावन्दी गरेका छन् ।
चालू आ.ब.२०८१/०८२ को साउन महिनादेखि हाल सम्म तलव, भत्ता उपलब्ध नगराएको भन्दै नगरपालिकाको सम्पुर्ण शिक्षक तथा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन । आन्दोलन परिचालन समितिको अगुवाईमा सम्पुर्ण शिक्षक र कर्मचारीले तालावन्दी गरि धर्ना समेत दिएका थिए ।
तलबको माँग गर्दै पटक पटक मेयर, उपमेयर र प्रमुख प्रसाशकिय अधिकृतलाई मौखिक र लिखित आग्रह गर्दा समेत सुनुवाई नभए पछि वाध्य भएर तालाबन्दी गरेको आन्दोलन परिचालन समितितिका संयोजक अशोक कुमार ादवले बताए । उनले भने दशै, तिहार र छठ पर्वमा समेत तलव भत्ता नदिदा अहिले छाँक टार्न नै समस्या भएको बताए ।तलव माग्दै शिक्षकले गत ६ कार्तिकमा नगरपालिकाका प्रमुखसहितकालाई ज्ञापन बुझाएका थिए । ६ दिनको अल्टिमेटम दिएर ज्ञापन बुझाउँदा समेत ध्यान नदिएपछि ११ कार्तिकदेखि शिक्षकले विद्यालय बन्द गरी धर्ना शुरु गरेका थिए ।
धर्ना दिदा समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी गरि आन्दोलन गर्नुपरेको संयोजक यादवले जारी गरेको विज्ञप्तीमा जनाएका छन् ।
यस नगरपालिकाको चालू आ.ब. २०८१/०८२ को नगरसभा हुन नसकेर कुनै पनि आर्थिक कारोवार हुन सकेको छैन ।
प्रकाशित मिति: २०२४-११-१० , समय : २०:३०:१५ , १ महिना अगाडि