मिथिलान्चलमा अमलाका रुखमुनि वनभोज गरि अक्षय नवमी पर्व मनाइँदै
मिति: २०२४-११-१० , समय : ०६:३७:५९ , गामघर डेस्क
मिति: २०२४-११-१० , समय : ०६:३७:५९ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ । यो पर्वमा अमला अर्थात् (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ ।
यो पर्वमा अमलाका विभिन्न परिकार बनाउने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ ।
पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार शिवदत्त मिश्रले बताउनुभयो । बेलुका सहभोज गरिने र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने गर्छन् ।
प्रकाशित मिति: २०२४-११-१० , समय : ०६:३७:५९ , १ महिना अगाडि