लाेक आस्थाकाे पर्व छठ : उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

काठमाडौं देखि मधेस प्रदेश सम्म छठ पर्वमा देखिएका दृश्यहरु तस्बिर सहित

मिति: २०२४-११-०८ , समय : ०८:१३:२१ , गामघर डेस्क

तस्बिर : शुभ नारायण यादव , काठमाडौं /सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो ।

छठ पर्वका अवसरमा सर्लाहीको कौडेना गाउँपालिका –३ पर्सा स्थित नयाँ पोखरीमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालुहरु । तस्बिर: विश्वनाथ ठाकुर/ रासस


उदाउँदो सूर्यलाई अर्घ्य दिन तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सासहित मिथिला क्षेत्र, काठमाण्डौ उपत्यका तथा अरु विभिन्न ठाउँका जलाशयमा श्रद्धालुको भीड लागेको थियो ।

पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् ।

सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यो पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।

प्रकाशित मिति: २०२४-११-०८ , समय : ०८:१३:२१ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित