मधेस प्रदेश : कामबाट निकालेको रिसमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

मिति: २०२४-११-०१ , समय : १४:३५:१२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बारा महागढीमाइ नगरपालिकामा ६ दिन अगाडि भएको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । महागढीमाइ नगरपालिका वडा नम्बर–१ मा धारिलो हतियार प्रहार गरी भएको हत्या प्रहरणमा प्रहरीले सबुत प्रमाणसहित मुख्य अभियुक्तलाई पक्राउ गरेको हो ।बारा प्रहरीले मृतक श्रीनारायण प्रसाद यादवकै गाउँले सुफाइ चौधरीलाई पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ परेका चौधरी मृतक यादवको खेत जोतखन गर्ने व्यक्ति रहेको प्रहरी स्रोत बताउँछ ।
चौधरी नै मुख्य अभियुक्त रहेको पाइएको अनुसन्धानमा सहभागी एक अधिकारी बताउँछन् । पक्राउ परेका मुख्य अभियुक्त चौधरीलाई सबुत प्रमाणसहित दिउँसो पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।गएको शनिबार महागढीमाइ नगरपालिका सेमरा निवासी श्रीनारायण प्रसाद यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । रातीको सयममा उनको टाउको पछाडि खुकुरीबाट प्रहार गरिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको थियो ।घटना लगत्तै बारा प्रहरीले घटनाको अनुसन्धानमा स्पेशल टोली खटायो । प्रहरीको टोलीले लगातार गरेको अनुसन्धानपछि मुख्य अभियुक्तसम्म प्रहरी पुग्न सफल भएको स्रोतको दाबी छ ।
घटनामा संलग्न रहेको आशंकामा करिब आधा दर्जन शंकास्पद व्यक्तिहरू पक्राउ परेका थिए । तर सबुत प्रमाणको आधारमा अनुसन्धान गर्दै जाँदा मुख्य अभियुक्त फेला पर्न गएको बारा प्रहरीको दाबी छ ।मूलतः प्रहरीको ‘स्पेसल’ टोलीले विभिन्न पाटोबाट गरेको अनुसन्धानका कारण हत्या भएको एक साता नबित्दै मुख्य अभियुक्त चौधरीलाई पक्राउ गर्न सकिएको प्रहरी भनाइ छ । महागढीमाइ नगरपालिका वडा नम्बर–१ को सडकखण्डमा अबेर राती ५५ वर्षीय वृद्धको हत्या भयो । वृद्धको हत्या भएपछि प्रहरी चकित मात्रै परेन, अच्चमितसमेत भयो । स्रोतका अनुसार त्यसपछि प्रहरीले बेग्लै रणनीति बनायो । त्यही रणनीति अनुसार सुरुमा शंकास्पद व्यक्तिहरू उठाउन थाल्यो । यहीक्रममा ‘स्क्रीनिङ्ग’ गर्दै जाँदा प्रहरी नियन्त्रणमा रहेका चौधरीले हत्या आफूले गरेको स्वीकार्दै घटनाको जडबारे प्रहरीमा बयान गरे ।
जुन बयानमा चौधरीले स्वीकारेका छन्– मृतक यादवसँग पुरानो रिसइबी थियो, त्यहीकारण खुकुरीले प्रहार गरी मारे ।प्रहरी हिरासतमा रहेका चौधरीले प्रहरी बयानमा भनेका छन्, ‘करिब २/३ वर्ष अगाडि म उहाँको खेत जोतखन गर्थे, तर पछि उहाँले मसँग त्यो खेत फिर्ता लिनु भयो । त्यसपछि त्यो खेत जोतखन गर्न अरुलाई दिनु भयो, अनि मेरो मनमा रिस पलायो । यही रिसइबीका कारण मेलै उनलाई मार्ने योजना बनाए, अस्ति राती भेटनु भयो त्यही बेला खुकुरीले प्रहार गरदिए ।’ प्रहरीले यादवमाथि प्रहार गरेको खुकुरीसमेत लुकाइ राखेको अवस्थामा बरामद गरिसकेको स्रोतले जनाएको छ । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२४-११-०१ , समय : १४:३५:१२ , 5 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित