सप्तरीमा घर अगाडि लडेर २२ वर्षीय युवकको मृत्यु

मिति: २०२३-०३-१६ , समय : ११:२९:०५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
आफ्नै घर अगाडि लडेर सप्तरीमा एक युवकको मृत्यु भएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ८ बलारदह मंगल हटियाका २२ वर्षीय श्रीकान्त दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बुधबार बिहान २ बजे आफ्नै घरको गेट बाहिर लडि अचेत अवस्थामा रहेका दासलाई उनको दिदीले देखेपछि उठाई घरको आँगनमा ल्याई राखेका थिए ।

बिहान ९ बजे स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उचारको लागि स्थानिय स्वास्थ्य चौकी फतेपुर सप्तरीमा ल्याएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ११:२९:०५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्