सप्तरीको बोदेबर्साइनबाट लाखौंको गाडी सहित अबैध लताकपडा प्रहरी नियन्त्रणमा

मिति: २०२४-१०-२९ , समय : ०६:४३:४४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । चाडपर्व नजिकिँदै सगे सप्तरीको विभिन्न सिमावर्ति नाकामा तस्करी फष्टाएकाे छ । साेहि क्रममा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ शत्रुधन चौक स्थितबाट भारतबाट नेपालतर्फ आउदै गरेको गाडी सहित अबैध लताकपडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बोधेबर्साइनबाट प्रहरी सहायक निरिक्षक दिपेन्द्र पासवानको नेतृत्वको प्रहरी गस्ती टोलीले शंकास्पद गाडीहरु चेकजाँच गर्ने क्रममा बिल बिनाको भन्सार छली चोरी निकासी गरी प्र.–०३–०१–०२३ च ८०२५ नं.को केआईए चारचक्के गाडीमा रहेको कपडा तथा चालक समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ ।
यसरी पक्राउ पर्नेमा खडक नगरपालिका ८ का २४ वर्षिय सनाबुल मियाँ रहेका छन ।
यसैविच नगद रकम सहित एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेका छन । गत शनिवार १० गते छिन्नमस्ता गाउँपालिका ३ सखडा टोल स्थित ४६ वर्षिया सुनिता देवी रजकको घर कोठाबाट छिन्नमस्ता गा.पा.४ का २३ वषर््िय देवेन्द्र मुखियाले घरको कोठामा रहेको बाकसबाट नगद १ लाख ३० हजार चोरी गरी भागेको थिए । सो सम्बन्धमा प्रहरी टोलीले देवेन्द्र मुखियालाई फेला पारी नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट जम्मा रकम रु ९९,८५५ (उनान्सय हजार आठ सय पचपन्न) नगद रुपैया बरामद गरी मुखिया माथी चोरी मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत सप्तरीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसै गरी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारमा आइतबार राती चोरी भएको छ । दशरथ साहले संचालन गरेको आरोही ज्वेलर्सबाट ७ लाख बराबरको गरगहना चोरी भएको हो। आईतवार राति १ बजेको समयमा चोरी भएको सिसिटिभी फुटेजबाट थाहा भएको संचालक साहले बताउनु भयो । नगद ३० हजारसहित ७ लाख बरबरको सुन चाँदीको तयारी अवस्थाको गरगहना चोरी भएको उहाँले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
यता चोरीको घटना बारे अनुसन्धान गरिरहेको तथा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-२९ , समय : ०६:४३:४४ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित