मधेस प्रदेश : झन्डै दुई सय २१ किलो गाँजासहित एकजना पक्राउ

मिति: २०२४-१०-२७ , समय : २२:३५:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको जनकपुरधामबाट दुई सय २१ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँपालिका २ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले शनिबार साँझ बाबा आयलस सेन्टर नजिकबाट पक्राउ गरेको हो ।

प्रहरीले ना. ५ ख १७७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता चालक प्रकाशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-२७ , समय : २२:३५:२६ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्