मधेस प्रदेश : अज्ञात समूहद्वारा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या

मिति: २०२४-१०-२७ , समय : ०९:२७:३९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।

बाराको महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यता यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-२७ , समय : ०९:२७:३९ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्