सर्वदलीय बैठकको निर्णय कार्यान्वयन नगर्न नेकपा माओवादीको निर्णय
मिति: २०२४-१०-२६ , समय : १८:०८:२१ , श्रीकान्त यादब
मिति: २०२४-१०-२६ , समय : १८:०८:२१ , श्रीकान्त यादब
श्रीकान्त यादब
राजविराज ।
नेकपा माओवादी केन्द्र सप्तरीले केहि दिन अगाडि भएको जिल्ला स्थित सर्वदलिय बैठकमा पार्टी सहभागीता नरहेको जनाएको छ । जिल्ला अध्यक्ष छेदी रजक विमल र सचिब बेचन प्रसाद चौधरीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
सर्वदलीय बैठकमा माओवादी केन्द्रको सहभागी भएको समाचार विभिन्न संचार माध्यमबाट थाहा पाएकोले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
केही दिन अधि नेपाली काँग्रेसको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्वदलीय बैठकको नाममा भएका निर्णय भन्दै विभिन्न संचार माध्यममा समाचार सम्प्रेषित भएको जारी विज्ञाप्तिमा उल्लेख छ । नेकपा माओवादी केन्द्र सप्तरीलाई यस सम्बन्धमा कुनै जानकारी नरहेको हुँदा उक्त सर्वदलीय बैठकको निर्णय कार्यान्वयन गर्न नेकपा माओवादी केन्द्र बाध्य नहुँने कुरा आम सप्तरीबासी तथा सम्बन्धित सरोकारवाला पक्षमा जानकारी गराएको जनाएको छ । माओवादी केन्द्र सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टीलाई बेवास्ता गरि गरिएको निर्णय कार्यान्वयन नगर्न सम्पुर्ण पार्टी कमिटीलाई निर्देशन समेत दिएको छ ।
सर्वदलीय बैठकको नाममा हामीलाई बेवास्ता गरी भएको निर्णय कार्यान्वयन नगर्न पार्टीको सम्पुर्ण कमिटीलाई समेत आग्रह गरेको छ । माओवादी केन्द्र सप्तरीका अध्यक्ष रजक र चौधरीद्वारा संयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २०२४-१०-२६ , समय : १८:०८:२१ , २ महिना अगाडि