मधेस प्रदेश : प्रहरीद्वारा फरार १७ जना प्रतिवादी पक्राउ

मिति: २०२४-१०-२५ , समय : १७:१६:२० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत मधेस प्रदेशको रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादवसहित १३ जना, वडा ५ का अभद्र व्यवहार मुद्दाका कारण यादव, वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का अनुचित लेनदेन मुद्दाका भागराथ साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

प्रकाशित मिति: २०२४-१०-२५ , समय : १७:१६:२० , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित