मधेस प्रदेश : स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी
मिति: २०२४-१०-२२ , समय : १५:०७:४५ , गामघर डेस्क
मिति: २०२४-१०-२२ , समय : १५:०७:४५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिकालाई ठक्कर दिएको हो ।
गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी सिंहले बताउनुभयो । यता आक्रोशित स्थानीयबासिहरुले विद्यार्थीलाई ओराले बसमा आगजनी गरेको छ । बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-१०-२२ , समय : १५:०७:४५ , 6 months अगाडि