प्रहरीकै घरमा चाेरी : दिनप्रतिदिन चाेरीका घटना बढ्दै ,सम्बन्धित निकायले चासाे नदिंदा स्थानीय चिन्तित
मिति: २०२४-१०-२१ , समय : २२:२४:२४ , गामघर डेस्क
मिति: २०२४-१०-२१ , समय : २२:२४:२४ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजार वडा नं-४ नेपाल बैंक नयाँ भवनको पछाडिको रहेकाे नेपाल प्रहरीमा कार्यरत सुनिल ठाकुर (शर्मा)काे घरमा चाेरी भएकाे छ ।
शनिबार राति शर्माको घरमा कोही नभएको अवस्थामा चोरहरुले घरबाट अन्दाजी ५ लाख बराबरक सुनचाँदीका गरगहना साथै अन्य सामाग्रीहरु चाेरी गरि फरार भएकाे हाे ।
जिजाेमात्र सिरहाकाे गोलबजारमा ७ वटा घरमा चाेरी भएकाे हाे। पछिल्लो समय सिरहाको गाेलबजार लगायतका स्थामा चाेरीका घटनाहरु दिनप्रतिदिन बढिरहेतापनि सम्बन्धित निकायले खासै चासाे नलिएकाे पिडितकाे काे भनाई छ । इलाका प्रहरी कार्यालय गोलबजारमा कार्यरत प्रहरीहरुकाे ढिलासुस्तीका कारणले समेत चाेरी लगायतका घटनाहरु बढेकाे पिडित पक्षहरुकाे भनाई छ । अन्य पिडित भन्छन् “जब प्रहरीकै घर सुरक्षित छैन भने हाम्रो घर कसरी सुरक्षित हुनसक्छ ?,`सम्बन्धित निकायले चासाे नदिंदा हामी चिन्तित त छदैथियाै र प्रहरीकाे घरबाट नै ५ लाख बराबरकाे सामान चाेरीहुँदा हामी झन त्रसित बनका छाैं।”
यश बिषयमा थप विवरण साथै प्रहरी माथि पिडितहरुले लगाएकाे आराेपकाे बारेमा इलाका प्रहरी कार्यालय गोलबजारमा प्रमुख प्रहरी निरीक्षक गोबिन्द प्रसाद साह संग प्रतिक्रिया लिन फाेन सम्पर्क गर्ने प्रयास गर्याे तर उनिसंग फाेन सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: २०२४-१०-२१ , समय : २२:२४:२४ , ३ महिना अगाडि