मधेस प्रदेश : करेन्ट लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते

मिति: २०२४-१०-१८ , समय : ११:५०:२८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीको गौशाला नगरपालिका– ३ पचाइन टोलस्थित विनोद महतोको खेतबारीमा जंगली जनावर धपाउन लगाएको नांगाे तारमा प्रवाह गरिएको करेन्टको पासोमा परी एक बालिकाको मृत्यु भएको छ । सोही वडानिवासी बिहारी महतोकी १२ वर्षीया छोरी करिनाकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

यता करिनालाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा उनीसँगै खेततिर गइरहेकी १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य गरिरहेको बताउँदै दुई बालिकाको गौशालास्थित निजी अस्पतालमा उपचार भइरहेको बताए । उनले खेतमा करेन्ट प्रवाह गरेका विनोदको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २०२४-१०-१८ , समय : ११:५०:२८ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित