बाढीले सुनसरीमा साढे दुई करोड रुपैयाँ बराबरको तरकारी खेतीमा क्षति
मिति: २०२४-१०-१५ , समय : ०७:३०:०२ , गामघर डेस्क
मिति: २०२४-१०-१५ , समय : ०७:३०:०२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा साढे दुई करोड रुपैयाँ बराबरको तरकारी खेतीमा क्षति भएको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका ठाउँमा तरकारी खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।
बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी खेतीमा क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको सिंहले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-१०-१५ , समय : ०७:३०:०२ , ३ महिना अगाडि