बिजयादशमीको अन्तिम दिन माँ भगवती काली मन्दिर पकरीमा पुजा सम्पन्न
मिति: २०२४-१०-१४ , समय : १३:४७:१७ , देबराम यादव
मिति: २०२४-१०-१४ , समय : १३:४७:१७ , देबराम यादव
देबराम यादव
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न. १ पकरी स्थित माँ भगवती काली मन्दिरमा हिन्दु धर्माबलम्वीहरुको महान चाड बिजयादशमीको अन्तिम दिन विजया दशमी सम्पन्न गरेका छन । बिजयादशमीको दश दिनसम्म विधी ,विधान अनुसार पुजा–पाठ,संध्या भजन,किर्तन, गरि मनाइएको छ । असत्य माथि सत्यको विजय, आसुरी शक्ति माथि देवी शक्तिको विजय स्वरूप महान पर्व विजया दशमीको सुखद उपलक्ष्यमा सम्पूर्ण मानव जगतलाई सुख,शान्ति ,समृद्धि वैभव,उन्नती प्रगतीको हार्दिक मंगलमय शुभकामना दिएर एक आपसमा माया प्रेम ,सदभाव साटेर यो पर्व मनाइन्छ ।
मन्दिरको संस्थापक बेचन यादव र भुटी देवी यादवको ब्यवस्थापनमा नियमित पुजा पाठ हुदै आएको छ । स्थानिय पण्डित राजकुमार यादवबाट विजया दशमीको दश दिनसम्म महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले विगत २७ वर्षदेखि फलाहार गरेर पुजा पाठ गरिएको माँ भगवती काली मन्दिर पुजा समिति पकरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१०-१४ , समय : १३:४७:१७ , २ महिना अगाडि