सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सहजै मृत्यु दाबी भुक्तानी दिदै

मिति: २०२३-०३-१६ , समय : ०८:२४:५० , महेश सिंह

तस्बिर : गामघर टिभिबाट

महेश सिंह

सिरहा । वैदेशिक रोजगारीमा कतार पुगेका सिरहा नगरपालिका वाडा नम्बर २० सिकाजोती घर भएका बुवा शिव नाथ चमार, आमा ललिता महराकी २२ बर्षको माईलो छोरा बिकेश रामको मृत्यु भएको छ्।

बिदेश गरेको १५ महिना पछी स्वदेश फर्किएका ७ दिन नबित्दै उनले बीस सेवन गरी आत्म हत्या गरेका थिए। बिमा अभिलेख नम्बर FE1000113214 भएको बिकेश २०७९-मंसिर १३ गते मृत्यु भएको थियो।

पुत्र शोकमा डुबेका बुवा शिव नाथ चमार लाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको बुवालाई क्रिया खर्च सहित १३ लाखको माछापुच्छ्रे बैंकका पत्रकार महेश सिंह सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारी हेम नारायण सिंह,रोशन महतो,स्थानीय अभिकर्ता सिमा कुमारी साह, सप्तरी ट्राफिककी अभिकर्ता रेखा साह लगायतकि ब्यक्तीहरुको रोहवरमा चेक हस्तान्तरण गरेका छन्।

यता पीडित चमारको घरायसी अवस्था निकै कमजोर रहेका स्थानीय सिमा कुमारी साहले बताए। घरायसी काम काज गरेर घर परिवार चलाउने गरेको प्रबन्धक महतोले बताए।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ०८:२४:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्