नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

मिति: २०२४-१०-०६ , समय : १०:०३:०४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । नेपाल पत्रकार महासङ्घले आगामी मङ्सिर २८ गते तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला शुरू भएको थियो ।सो भेलामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियो ।
भेलाले आगामी मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति: २०२४-१०-०६ , समय : १०:०३:०४ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित