दशैँको चौथो दिन आज कुष्माण्डाको पूजाआराधना गरिँदै : सप्तरीको छिन्नमस्ता भगवतीमा दर्शनार्थीकाे भिड

मिति: २०२४-१०-०६ , समय : ०७:४६:०७ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

काठमाण्डौ । दशैँको चौथौ दिन आज कुष्माण्डादेवीको पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ ।
साेहि क्रममा मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा नेपालकाे विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट हजारौं भक्तजनहरुकाे भिड लागेको छ । खासगरी दशै अबधि भर भगवतीकाे पुजा गर्न तथा बलि प्रदान गर्न हजारौं भक्तजन अाउने गरेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. १ बरहि बिरपुरमा समेत प्रत्येक बर्ष झे यस बर्ष पनि दुर्गा भगवतीकाे मुर्ति बनाइ भव्य मेलाकाे आयाेजना गरेको छ ।
दशैँ अवधिभर काठमाण्डौ उपत्यकाका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत शक्तिपीठहरुमा दर्शनार्थीको घुुइँचो लाग्छ ।

प्रकाशित मिति: २०२४-१०-०६ , समय : ०७:४६:०७ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित