ठगी र कालाबजारी गर्ने माथी कानुनी कार्यबाही गरिने : सराेकारबालाहरु

मिति: २०२३-०३-१६ , समय : ०५:२९:२९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीमा विश्व उपभोक्ता अधिकार दिवस “नेपालको लागि स्वच्छ उर्जा मार्फत उपभोक्ता सशक्तीकरण” भन्ने मुल नाराका साथ मनाइएको छ । उपभोक्ताहरुले म्याद गुज्रेको सामग्री किनबेच गर्नु वा कुनै पनि बहानामा त्यस्तो हर्कत गर्नेलाई दण्डनीय गर्नु विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वक्ताहरुले बताएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले आम नागरिक जागरुक नभएसम्म सर्वसाधारण ठगी रहने बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका कार्यालय प्रमुख रेखाकुमारी यादवले सचेत नागरिक दिनहुँ ठगिदै आइरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाइ, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय राजविराज तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा सम्पन्न कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आउदो दिनमा बजार अनुगमन कामलाई अभियानको रुपमा अगाडी बढाउने बताउदै ठगी र कालाबजारी गर्ने माथी कानुनी कार्यबाही गरिने बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ०५:२९:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित