मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू : बरही बिरपुरमा बृहत् कलश यात्रा
मिति: २०२४-१०-०३ , समय : १५:५८:१८ , गामघर डेस्क
मिति: २०२४-१०-०३ , समय : १५:५८:१८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । प्राचीन मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज सप्तरी , सिरहा ,महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिएकाे छ । दशैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । साेहि अवसरमा सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरकाे गाेहबरथान पाेखरिमा दशे अबधि भरि दुर्गा भगवतिकाे कलात्मक मुर्ति बनाइ धुमधामका साथ दुर्गा पुजा गरिन्छ । प्रत्येक बर्ष झे यस बर्ष पनि धुमधामका साथ दुर्गा पुजा आयाेजना गरिएको तथा साेहि अबसरमा बृहत् कलश यात्रा निकालिएको वडाअध्यक्ष ललन प्रसाद यादवले जानकारी दिनुभयो । यस्तै सप्तरीको बभनगमाकटिकाे ताेपा र बभनगामामा समेत बृहत् कदश यात्रा निकालिएको छ ।
मिथिला परम्परामा दुई वटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्त्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।
मिथिलाका देवी शक्तिपीठहरूमा कन्याकुमारीले आज धार्मिक महत्त्वका नदी र सरोवरबाट माटोका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै त्यही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् ।
प्रकाशित मिति: २०२४-१०-०३ , समय : १५:५८:१८ , २ महिना अगाडि