मधेस प्रदेश : छुट्टाछुट्टै घटनामा एकै दिन ३ जनाको मृत्यु

मिति: २०२४-०९-३० , समय : १०:४१:२४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको रौतहटका विभिन्न स्थानमा आइतबार डुबेर र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि वाग्मती नदीमा आएको बाढीमा डुबेर दुर्गाभगवती गाउँपालिका–४ का ३५ वर्षीय राजकुमार मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका मुखियाको डुबेर मृत्यु भएको हो ।यसैगरी परोहा नगरपालिकाको नरकटियामा घाँस काट्न गएकी १४ वर्षीया आशाकुमारी साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।यता बौधिमाई–२ का १४ वर्षीय बालक रामबाबु महतोको करेन्ट लागेर मृत्यु भएको छ । महतोलाई विद्युतीय मोटर जडान गरिएको धाराको पानी खाने क्रममा करेन्ट लागेको थियो ।
अविरल वर्षा पछि जिल्लाका विभिन्न स्थानमा भएको डुबानको क्रममा घर भत्किएर ४ जना घाइते भएका छन् । वाग्मती र लालबकैया नदीमा आएको बाढीले बाँध कटानमा पारेपछि सदरमुकाम गौर लगायतका क्षेत्रमा झण्डै २ सय घर डुबानमा परेको छ ।

प्रकाशित मिति: २०२४-०९-३० , समय : १०:४१:२४ , 7 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्