चाड पर्वकाे मुखमा जोगवनी नाकावाट तस्करीको लाइन खुला…
मिति: २०२४-०९-३० , समय : ०८:२४:१२ , गामघर डेस्क
मिति: २०२४-०९-३० , समय : ०८:२४:१२ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको विराटनगरको जोगवनी नाकावाट तस्करी बढेको छ । यसैक्रममा बिलबिजक भन्दा बढी सामान बोकेर न्यून मूल्यांकन गराएर भन्सारवाट छुटेका दुईवटा ट्रकलाई मोरङ प्रहरीले बुधवार नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ ।
ति दुई ट्रकमा बिलबिजक भन्दा एक करोड ३५ लाख मूल्यका बढी सामान बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र वहादुर बस्नेतले बताए । विराटनगर भन्सारवाट चेकजाँच गरेर छुटेर बजारतर्फ आउदै गरेका प्र १–०२–००२ ख ०४१६ र ना ४ ख ८८४७ नम्बरको ट्रक र तिनका चालकद्धोय विराटनगर १९ का ललित सरदार र कानेपोखरीका दुखनलाल चौधरी सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको हो ।प्रहरी प्रवक्ता बस्नेतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ति दुई ट्रकमा घरायशी तथा भान्सामा प्रयोग हुने सामान सहित कृषि प्रयोजनमा प्रयोग हुने एक करोड ३५ लाख मूल्यका सामान वरामद भएको छ । ति सामानको आयातकर्ता भने प्रहरीले खुलाएको छैन ।
ईलाका प्रहरी कार्यालय रानी र बोर्डर आउट पोष्ट रानीका प्रहरीकै मिलोमतोमा जोगवनी नाकावाट व्यापक तस्करीको लाइन बढेको खुलेको हो । जोगवनी नाका मोरङ जिल्लाको सबै भन्दा ठुलो तस्करी हुने नाका हो । मोरङ जिल्लाको बिभिन्न नाकाबाट तस्करी गर्ने गिरोहहरु हाल जोगमनी नाका हुदै आफ्नो अवैध धन्दालाई तिब्रता दिन सफल भएका छन । सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले पनि सीमा नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गर्दै आएको छ । स्थानीयका अनुसार सशस्त्र प्रहरीले घुमुवाको माध्यमले तस्करीका रकम उठाउने गरेको छ भने नेपाल प्रहरीले पोशाकमै टोली परिचालन गरी अवैध धन्दाको रकम उठाउने गरेको बताए । उक्त नाकाबाट सुपारी, कपडा, केराउ, चिनि लगायतको समाग्री तस्करी हुने गरेको छ । जोगवनी नाका हुदै अकबर मिया, जनार्दन, ओम, सिता लगायत ६ जनाको समुहले कपडाको तस्करी गर्ने गरेका छन भने शकर भनिनेले सुपारी र बिनोद भनिनेले मरिच र केराउको तस्करी गर्ने गरेको स्थानीय बताउछन । उक्त नाकामा सुरेश र सम्पम भनिने सबै भन्दा ठुलो कपडा तस्करको मुख्य नाइकेको रुपमा चिनिने गरेको स्थानीयले बताए । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-०९-३० , समय : ०८:२४:१२ , ३ महिना अगाडि