काठमाडौंमा पनि जितिया महोत्सव : जितिया पर्वमा राष्ट्रिय बिदा हुनुपर्नेमा जाेड

मिति: २०२४-०९-२६ , समय : ०७:४३:२९ , लक्ष्मी चौधरी

तस्बिर : गामघर टिभिबाट

लक्ष्मी चौधरी

काठमाडौं । थारु समुदायको महान पर्व जितिया पर्वमा राष्ट्रिय बिदा हुनुपर्ने माग एक कार्यक्रममा बक्ताहरुले गरेका छन । जितिया पर्वकाे अबसरमा काठमाडौं स्थित कुपोन्डोलमा अायाेजित थारू राष्ट्रिय जितिया महाेत्सव तथा सास्कृतिक कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका हुन । युवा तथा खेलकुद मन्त्री एवम् सासद तेजुलाल चौधरीकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रममा प्रदिप चौधरी , अनुराधा चौधरी लगायतका कलाकारहरुले थारु समुदायको पाेराणिक लाेक गित तथा नृत्य प्रस्तुत गरेकाे थियोे ।
त्यस्तै सप्तरीकाे सदरमुकाम राजविराजमा एक कार्यक्रम बीच १३ औं जितिया महोत्सव २०८१ सम्पन्न गरिएको छ ।
थारु समुदायको हक अधिकार, भाषा, काला र संस्कृति सहितको पहिचान मूल नाराको साथ राजविराज–८ स्थित रहेको हरि सिंहको बगैंचामा जितिया महोत्सव सम्पन्न गरिएको हो ।
जितिया मूल समारोह समिति राजविराज–८ द्वारा आयोजित कार्यक्रममा पूर्व मन्त्री तथा जनमत पार्टीको संसदीय दलको नेता महेश प्रसाद यादवले भाषा संस्कृति लोप हुँदै गएकोमा थारु भाषाको जगेर्ना जरुरी रहेको बताए । प्रमुख अतिथिको आसनबाट बोल्दै उनले पूर्वजले बनाएको धरोहर लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै उनले मधेश प्रदेश सरकारले थारु लगायतका समुदायको हक अधिकार तर्फ लागी परेको जानकारी दिनुभयो । गाउँ समाजमा यतिबेला युवाहरु लागू औषधमा फस्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले अभिभावकले पनि आफ्नो छोराछोरी प्रति ध्यान दिन आग्रह गर्नुभयो ।
चन्द्रकला चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष जयनारायण मण्डल, शिक्षिका मञ्जु श्रेष्ठ, इन्जिनियर तथा समाजसेवी बद्री नारायण चौधरी, अधिवक्ता देवनारायण चौधरी, मञ्जु चौधरी, बुलबुल चौधरी, पुरन चौधरी लगायतकाहरुले जितिया पर्वको महत्व बारे प्रकाश पारेका थिए ।, सोही कार्यक्रममा एक दर्जना भन्दा बढी कलाकारहरुले थारुको पहिरणमा नृत्य र गीत प्रस्तुत गर्नुभएको आयोजक संस्थाका पुरन चौधरीले जानकारी दिए ।
उक्त कार्यक्रममा हिरालाल चौधरी, ईश्वरी चौधरी, जानकी चौधरी, मञ्जु चौधरी, रामकुमारी चौधरी, अनिता चौधरी, काजल चौधरी, नेहा चौधरी, संध्या चौधरी, अस्मिता चौधरी, सुमन चौधरी, सुस्मिता चौधरी, दिक्षा चौधरी, सरस्वती परियार, चन्द्रकला चौधरी, रुपा चौधरी, साजन चौधरी, निर्मला चौधरी, सावित्री चौधरी, सीता चौधरी, आरती चौधरी लगायतका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०२४-०९-२६ , समय : ०७:४३:२९ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित