मधेस प्रदेश : झण्डै तीन किलो चरेससहित भारतीय नागरिक पक्राउ

मिति: २०२४-०९-१८ , समय : १२:४७:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । प्रहरीले मधेस प्रदेशको वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो ।

यता पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-१८ , समय : १२:४७:१४ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित