मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

मिति: २०२४-०९-१३ , समय : २१:३२:११ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख गरिए अनुसार, यो निर्णय प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा पारित भएको थियो ।

सूचनामा भनिएको छ, “पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।“

प्रकाशित मिति: २०२४-०९-१३ , समय : २१:३२:११ , 7 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित