सप्तरीको महादेवा गाउँपालिकामा दुई दिने बार्षिक समीक्षा गोष्ठी

मिति: २०२४-०९-१२ , समय : १९:१६:३३ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको भगवतपुर ५ न.ं वडा कार्यालयमा बिहीवारदेखि २ दिने बार्षिक समीक्षा गोष्ठी शुरु भएको छ ।
२ दिने बार्षिक समीक्षा गोष्ठी कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले यस गोष्ठीबाट गत आ.व.२०८०/०८१ को समिक्षा गर्दै चालु आ.व.२०८१/०८२ मा विगतमा भएको कमी कमजोरीलाई सुधार गरेर जानु पर्ने ६ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुखलाई आग्रह गर्नु भयो । उहाँले विगतमा भएको कमी कमजोरी नदोहराउन समेत आग्रह गर्दै जनतालाई अनुभुती हुने गरी सेवा प्रवाहमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको बेतिथीलाई कम गर्दै स्वास्थ्य क्षेत्रमा सेवाग्राहीबाट गुनासो नआउने गरी काम गर्न आग्रह गर्नु भयो । त्यसै गरी गापाका उपाध्यक्ष अर्चना कुमारी यादवले सरकारी समय सीमा १० वजेदेखि ५ वजेसम्म स्वास्थ्य संस्थामा समय दिन आग्रह गर्नु भयो । स्वास्थ्य संस्थामा आएर २ वजे नै बन्द गर्ने परिपाटीलाई अन्त गर्न आग्रह गरिन । गाेष्ठिकाे अध्यक्षता गापा अध्यक्ष सुनिल कुमार मण्डलले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ललितकुमार यादवले स्वागत गरेका थिए । महादेवा गाउँपालिकाको आयोजनामा २ दिने बार्षिक समीक्षा गोष्ठीमा ६ वटै स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो । सो कार्यक्रममा पत्रकार देवराम यादव, हाम्रो समाजका राम नारायण शर्मा,जिन्सी शाखाका प्रमुख योगेन्द्र प्रसाद सेठ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२४-०९-१२ , समय : १९:१६:३३ , 7 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्