मधेस प्रदेशकाे मौलापुरमा सबैभन्दा बढी विद्युत् चुहावट
मिति: २०२४-०९-१० , समय : ०९:३२:३८ , गामघर डेस्क
मिति: २०२४-०९-१० , समय : ०९:३२:३८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ । मौलापुर केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् चुहावट भएको देखिन्छ ।
प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेसका धेरैजसो वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ । उहाँका अनुसार मधेसका गाउँ–गाउँमा हुकिङ गरेर तथा मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति छ । मधेस प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा बाराको सिम्रनगढ रहेको छ । यो केन्द्रमा ४३ दशमलव २३ प्रतिशत विद्युत् चुहावट छ ।
सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ । मधेस प्रदेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरका अनुसार गएको वर्ष विद्युत् चुहावटमा संलग्न रहेका सात हजार ९७ जनालाई कारबाही गरिएको छ । रासस
प्रकाशित मिति: २०२४-०९-१० , समय : ०९:३२:३८ , ४ महिना अगाडि