नाइजेरियामा तेल बोकेको ट्याङ्कर र ट्रक ठोक्किँदा कम्तीमा ५० जनाको मृत्युु
मिति: २०२४-०९-१० , समय : ०८:२२:३१ , गामघर डेस्क
मिति: २०२४-०९-१० , समय : ०८:२२:३१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
नाइजेरियामा तेल बोकेको ट्याङ्कर र मानिसहरूले भरिएको ट्र्क ठोक्किँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।
स्थानीय आपत्कालीन व्यवस्थापन एजेन्सीले तेलले भरिएको ट्याङ्कर ट्रकमा ठोक्किँदा विस्फोट भएको जनाएको छ । ट्रकमा मानिससँगै जनावर पनि थिए । ठोक्किएपछि दुवै गाडीमा आगलागी भएको र ट्याङ्कर विस्फाेट भएको भिडियो फुटेजमा देखिएको छ ।
विस्फाेट नभएको भए कम क्षति हुने तर विस्फाेटले गर्दा ठूलो मावनीय क्षति भएको सरकारी अधिकारीले बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै आपत्कालीन एजेन्सीका प्रवक्ता हुसेन इब्राहिमले दुर्घटना विगत केही वर्षयताकै सबैभन्दा खराब भएको बताउनुभएको छ । खराब सडकका कारण नाइजेरियामा बारम्बार यस्ता दुर्घटना हुने गरेका छन् । एजेन्सी
प्रकाशित मिति: २०२४-०९-१० , समय : ०८:२२:३१ , ३ महिना अगाडि