उपचारको क्रममा बिरामीको मृत्युु भएपछि दिनभरि तनावग्रत रहयाे गजेन्द्रनारायण सिह अस्पताल : स्वास्थ्यकर्मी भागाभाग
मिति: २०२४-०९-०५ , समय : २१:४५:२२ , गामघर डेस्क
मिति: २०२४-०९-०५ , समय : २१:४५:२२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचारका क्रममा एक मृत्यु भएपछि विहिबार सप्तरीको राजविराज दिनभरि तनावग्रत छ।
५ दिनपछि विदेश उड्ने तयारीमा रहेका सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.४ कनकट्टाका २० वर्षीय मो मनिरको उपचारका क्रममा दिउँसो करिव साढे ३ बजे मृत्यु भएको थियो। उनको मृत्युपछि परिवारका सदस्य, आफन्त र छिमेकी भेला भएर प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो।
आमा हसिना वेगमका अनुसार मनिर आउँदो मंगलबार साउदी अरब जाने तयारीमा थिए। यसैक्रममा ७ दिनअघि उनलाई ज्वरो आयो। उनले राजविराज स्थित डा. मुरलीप्रसाद सिंहको क्लिनिकमा चेकजाँच गराएर औषधी खाँदै थिए। तर, विशेक हुनु भन्दा समस्या झन वढ्दै गएपछि आज उनी पुनः डा. सिंहको क्लिनिकमा पुगेका थिए।
क्लिनिकले उनलाई अवस्था गम्भिर वनेको भन्दै गजेन्द्र नारायण सिंह अस्पताल पठाएको थियो। स्वास्थ्यकर्मीहरुका अस्पतालको आकस्मिक कक्षमा पुग्दा उनी कामिरहेका थिए भने जिउमा अत्याधिक परिना आएको थियो। वेडमा पुग्न नपाउँदै उनी लडेका थिए।
स्वास्थ्यकर्मीले उनलाई उठाएर बेडमा राखे। तर, सामान्य चेकजाँच गर्न नपाउँदै उनको मृत्यु भयो। अस्पतालका एक डाक्टरले दिएको जानकारी अनुसार विरामीको अवस्था जटिल थियो। ‘उपचार गर्नै पाईएन। प्रारम्भिक चेकजाँचमा उनको छातिमा इन्फेक्सन भएर हर्ट एट्याक भएको हुन सक्छ’ उनले भने–‘तर, हामीले राम्रो चाँच गर्न पनि पाएनौं, एकिन जानकारी त पोर्टमार्टमपछि मात्रै थाहा होला।’
मनिरको मृत्यु भएको केही समयपछि नै करिव डेढ सयको संख्यामा जम्मा भएका परिवारका सदस्य, आफन्त र छिमेकी प्रदर्शन सुरु गरे। डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमै नाराबाजी र प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त बन्यो। स्वास्थ्यकर्मीको भागाभाग भयो।
त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर अवस्थालाई नियन्त्रणमा लिईएको छ। स्वास्थ्यकर्मीहरुले काम सुरु गरेका छन्। तर, मृतकका आफन्तले शव जिम्मा लिएका छैनन्। यता अस्पताल प्रशासनले उनीहरुलाई शुक्रबार विहान ९ बजेका लागि छलफलमा बोलाएको छ।
प्रकाशित मिति: २०२४-०९-०५ , समय : २१:४५:२२ , ३ महिना अगाडि