अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीको ७ औं जिल्ला सम्मेलन सम्पन्न
मिति: २०२४-०९-०५ , समय : २१:०३:४७ , गामघर डेस्क
मिति: २०२४-०९-०५ , समय : २१:०३:४७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीको ७ औं जिल्ला सम्मेलनबाट कृष्ण कुमार रामको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएको छ।
सो पमितिमा उपाध्यक्षद्घय विकास मण्डल,कँन्चन ठाकुर,सचिवमा सन्तोष मन्डल,सहसचिवद्घय अभैय यादव,रकिराज चौधरी रहेका छन । त्यसै गरी सदस्यमा प्रवेसराज आर्याल,पिंकी मण्डल,बबिता मण्डल,लगायत रहेको छ । अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीको ७ औं जिल्ला सम्मेलन रन्जित मण्डलको अध्यक्षतामा तथा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय उपमहासचिव तथा मधेस प्रदेस ईन्चार्य अनिल भगतको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा मविव क्याम्पसका स्ववियुका सदस्य राकेस यादव, अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीका पुर्व जिल्ला अध्यक्ष गजेन्द्र यादव लगायतले ७ औं जिल्ला सम्मेलनको सफलताको शुभकामना दिएका थिए । सोही अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीका पुर्व जिल्ला अध्यक्ष गजेन्द्र यादवलाई सोही अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीको ७ औ जिल्ला सम्मेलनको अध्यक्षता गरेका रञ्चित मण्डलले विदाई गर्नु भयो । अनेरास्ववियू (क्रान्तिकारी) को २३ औ सम्मेलन अगामी असोज २,३,४,५ र ६ गते काठमाण्डौमा र मधेस प्रदेस सम्मेलन आउदो भदौ २७ र २८ गते महोक्तरीको बर्दिवासमा हुने भएको जनाएको छ ।
प्रकाशित मिति: २०२४-०९-०५ , समय : २१:०३:४७ , 8 months अगाडि