सप्तरीको चन्द्रनहरको पानीमा डुबेको अवस्थामा शव फेला

मिति: २०२४-०९-०१ , समय : १४:१४:०० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीमा पानीमा डुबेको अवस्थामा आइतबार बिहान एक जनाको शव फेला परेको छ ।

सप्तरीको कञ्चनरूप- ६ स्थित चन्द्रनहरको पानीमा सप्तकोशी नगरपालिका– ११ का ५५ वर्षीय कर्णबहादुर तामाङको शव फेला परेको हो ।

यता घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०९-०१ , समय : १४:१४:०० , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित