वैदेशिक रोजगारिका क्रममा मलेसियामा मृत्यु भएका परिवारलाई ५१ हजार आर्थिक सहयोग

मिति: २०२४-०८-३१ , समय : १५:०३:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
वैदेशिक रोजगारिका क्रममा मलेसियामा मृत्यु भएका सप्तरीको शम्भुनाथ नगरपालिका ३ का ओमप्रकास साहका परिवारलाई हेल्प मधेशी नेपालले ५१ हजार आर्थिक सहयोग गरेको छ।

शम्भुनाथ ३ का देवक साहका छोरा ओमप्रकाश साह गत ६ अगस्तका राती कामवाट फर्किएर कोठामा सुतेको र बिहान मृत फेला परेको हेल्प मधेशी नेपाल सप्तरीले जनाएको छ।

हेल्प मधेशी नेपाल सप्तरीका अध्यक्ष रिना झाको नेतृत्वमा गएको टोलीले हेल्प मधेशी मलेसियाका तर्फबाट प्राप्त ५१ हजार नगद उनको परिवारलाई शुक्रवार हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति: २०२४-०८-३१ , समय : १५:०३:२३ , ४ महिना अगाडि