मधेस प्रदेशका ग्रामिण भेगहरुमा प्रहरी प्रशासनकाे मिलाेमताेमा खुल्लेआम तस्करी

मिति: २०२४-०८-३० , समय : १४:२६:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशका पर्साको इनर्वा गाउँबाट खुलेयाम तस्करी शुरू भएको छ। हार्डवेयर र कपडाको तस्करी यहाँबाट शुरू भएको हो । स्थानीयले सुरक्षाकर्मीको संरक्षणमा नै तस्करी भएको बताउन थालेका छन् । सुरक्षाकर्मीको सहमति र संरक्षण बिना यति ठूलो तस्करी हुनै सक्दैन । जबकि इनर्वा गाउँमा नेपाल प्रहरीको असईको कमाण्डमा चौकी नै छ भने सशस्त्र प्रहरीको चौबिसै घण्टा डियुटी खटिएको हुन्छ ।
शत्रुधनले कपडाको ठूलो तस्करी गरिरहेका छन् भने अनिल भन्नेले साईकल प्रयोग गरेर दर्जनौं कामदार मार्फत कपडा र हार्डवेयरका सामानको तस्करी गरिरहेका छन् । भारतमा गजानन्द नामले चिनिने उनी नेपालको बिरगंजमा भने अनिल नामले चिनिन्छन। यी दुबै जनाले सामान भन्सार छलेर तस्करी गर्दै आइरहेका छन् । दीपक र रेखा भन्ने महिलाले पनि तस्करी गरिरहेका छन् । हार्डवेयर र कपडाको तस्करी यी दुई जनाले गरिरहेका छन् ।
मुख्य रूपमा यहाँबाट खुलेयाम काम गर्नेहरूमा एक दर्जन महिलाको समूह रहेको छ भने साइकलमा तस्करी गर्ने चार जना रहेका छन् । उनीहरूले कपडा र हार्डवेयरका सामान तस्करी गरेर लगानी कर्ताको गोदाममा पुर्याउने काम गरिरहेका छन् । अहिले नेपाल प्रहरीको इनर्वा गाउँ स्थित प्रहरी चौकीमा असई मुन्ना साह रहेका छन् । पर्सा प्रहरीमा विगत देखि नै असई दर्जाको लागि इनर्वा चौकी अतिरिक्त कमाईको हिसाबले अति उत्तम मानिन्छ । त्यसैले यहाँ टेण्डर हालेर जाने प्रचलन नै छ। टेण्डर हालेर गएपछि तस्करी गरेर उठाउन नै परिगयो नि, जिल्ला प्रहरी कार्यालयका एक असई भन्छन् , एसपी कुमोद ढुङ्गेलले तस्करी नियन्त्रणमा लागि यति ठूलो प्रयास गरेको भए पनि इनर्वा गांउबाट भने तस्करी नियन्त्रण भएको छैन ।

प्रकाशित मिति: २०२४-०८-३० , समय : १४:२६:५६ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित