सप्तरीकाे त्रियूगा नदीमा मुर्ति सेलाउने क्रममा एक युवकको मृत्यु

मिति: २०२४-०८-२८ , समय : २०:५५:५७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा न.१ स्थित त्रियूगा नदीको हेडबाँधमा मुर्ति सेलाउने क्रममा आज एक युवकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका वडा नम्बर २ पर्सा सत्यनारायण टोलका राम कुमार राजधामीको २२ वर्षिय छोरा रोहन राजधामी थारुको मूर्ति सेलाउने क्रममा त्रियूगा नदीमा डुबेर मृत्यु भएको हो ।

श्रीकृष्णको मुर्ति सेलाउने क्रममा मध्यान्ह १२ बजे त्रियूगा नदिको हेडबाँध नजिक डुवेका रोहनलाई स्थानीयले उद्वार गरी उपचारका लागि अस्पताल पठाइएका थिए । एकघण्टासम्म पानीमै वेपत्ता भएको उनलाई स्थानीय युवाहरुले खोजी गरी बाहिर निकाल्दा श्वास फेरेको जस्तो गरेपछि तत्कालै अस्पताल पठाएको स्थानीयले जनाएको छ ।
राजधामीलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागी भर्ना गरिएतापनि तत्कालै चिकित्सकले मृत घोषणा गरेको सप्तकोशी नगरपालिका २ का अध्यक्ष जाहिर हुसैनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०८-२८ , समय : २०:५५:५७ , 8 months अगाडि