मधेस प्रदेश : १४ बर्षिय नाबालकबाट ५ वर्षीया नाबालिका बलात्कृत

मिति: २०२४-०८-२४ , समय : १२:३०:५३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको बाराको कोल्हवी नगरपालिका वडा न.८ मा ५ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । नाबालिकाको प्रादेशिक कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो । बलात्कार अभियोगमा प्रहरीले १४ वर्षीय ‘कोल्हवी ३’ लाई नियन्त्रणमा लिई बाल निगरानी कक्षमा राखेर अनुसन्घान गरेको थियो ।

प्रहरीले दुबै बालबालिका भएका कारण यस घटनालाई प्राथमिकतामा राखेर फास्ट ट्रयाक रुपमा निवेदन दर्ता भएको दश दिनमा नै अदालतमा पेस गरेको थियो भने शुक्रबार बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजालसले बालकलाई बाल सुधार गृहमा पठाउने आदेश दिएका हुन् ।

गत श्रावण २७ गते पाँच वर्षीया ‘कोल्हवी १’ बलात्कृत भएकी थिईन । ‘कोल्हवी १’ले परिवारलाई घटनाको जानकारी दिएपछि उनले साउन ३० गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । नाबालिकाले उक्त घटना परिवारलाई जानकारी दिए पछि उक्त घटना बाहिर आएको हो ।

बालिकाले घटनाको केहीदिनपछि उनको आमालाई आफुलाई पिसाब फेर्न अप्ठ्यारो भएको र दुखेको जानकारी गराएकी थिइन् । युवतीकी एक आफन्तले भनिन्,‘साउन ३० गते कोल्हवी बजारमा रहेको जननायक अस्पतालमा बालिकालाई परिक्षण गर्दा नाबालिक बलात्कृत हुनसक्ने परिवारलाई बताएको थियो।’

चिकित्सकले परिवारलाई बलात्कृत भएको जानकारी गराएलगत्तै परिवारले ‘कोल्हवी १’ सँग घटनाको विवरणलाई प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता गराएका थिए । त्यसपछि उनको प्रादेशिक कलैया अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले उनी बलात्कृत भएको पुष्टि गरेको थियो ।

‘एकातर्फ दुबै बालबालिका छन, अर्कोतफ दुबै छिमेकी हुन् । बालकले बालिकालाई चकलेट दिइ घरपछाडि लगी करणी गरेका रहेछन,’ परिवार सोतले भन्यो, ‘बेलुकीको समयमा बालिकाको परिवारसमेत घरमा थिएन् त्यही समयमा घटना घटेको रहेछ ।’

प्रहरीमा जाहेरी आएको दुई घण्टामै हामीले आरोपिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालकले आरोप स्वीकार गरेका थिए । इलाका प्रहरी कार्यालय कोल्हविका प्रमुख तथा प्रहरी निरीक्षक किसन बस्नेतले भने,‘हामीले बालबालिकालाई बाल निगरानी कक्षमा राखेर अनुसन्धान गरेका थियौं, बालकलाई उनलाई नकारात्मक असर पर्ला भनेरनै यो मुद्दालाई तिब्र गतिमा अदालतमा पेश गरेका हौँ ।’

सामाजिक संजालमा देखिएका अश्लिल दृश्यबाट प्रेरित भएका कारण घटना हुन पुगेको अनुसन्धानले देखाएको एक प्रहरीले भने । बालकको मानसिकतामा सामाजिक संजालमा देखिएका अश्लिल दृश्यले गहिरो प्रभाव पारेको बताइएको छ । सामाजिक संजालको प्रयोगबाट बालबालिकालाई सुरक्षित गर्न नसक्दा बालबालिकालेनै गलत कार्यमा रहेको एकपछि अर्को घटना दोहाेरिन थालेपछि समाजिक क्षेत्रमा काम गर्ने संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२४-०८-२४ , समय : १२:३०:५३ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित