बलात्कार र हत्या प्रकरण : भारतको सरकारी अस्पतालमा भइरहेको हडताल फिर्ता

मिति: २०२४-०८-२३ , समय : ०८:२७:१९ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि हिजो फिर्ता लिएका छन् ।

यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला परेपछि विभिन्न ठाउँका सरकारी अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । कोलकातामा भने अझै विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

महिला डाक्टरको बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी आक्रोश बढेको हो । यो घटनामा दोषीलाई कडा कारबाहीसँगै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीसहित सर्वसाधारण समेत विरोध प्रदर्शनमा सहभागी भएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२४-०८-२३ , समय : ०८:२७:१९ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित